अखाद्य चामल पाइएसंगै संसदीय समिती स्थलगत अध्ययनमा

अखाद्य चामल पाइएसंगै संसदीय समिती स्थलगत अध्ययनमा

  • शनिबार, असार ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौ, असार ५ ।

संसदको विपत् व्यवस्थापन अनुगमन तथा निर्देशन विशेष समिति भूकम्पपीडितलाई अखाद्य चामल वितरण गरेको समाचार सार्वजनिक भएलगत्तै स्थलगत अध्ययनमा खटिएको छ  ।

विश्व खाद्य कार्यक्रमले गोरखाका भूकम्पपीडितलाई अखाद्य चामल वितरण गरेको समाचार सार्वजनिक भएलगत्तै समितिले विज्ञ सहितको संसदीय अध्ययन लागि खटाएको छ । बिश्व खाद्य कार्यक्रमले गोरखामा बाडेको चामल अखाद्य रहेको समाचार हालै सार्बजनिक भएको थियो ।

अखाद्य चामल वितरण गरिएको गोरखाको लाप्राकमा सभांसद भानुभक्त ढकाल र उषा गुरुङ आज त्यसतर्फ जानु भएको छ । विश्व खाद्य कार्यक्रमले खाद्यान्न भण्डारण गरेको स्थान नेपालगन्जको अनुगमनका लागि सभासद श्रीप्रसाद जवेगु, सञ्जयप्रसाद गौतम र दलबहादुर सुनारलाई हिजै त्यसतर्फ पठाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी