काठमाडौं, ५ असार ।
गएराती गोरखा र धादिङ केन्द्रबिन्दु भएर एउटा पराकम्प गएको छ । राति २ बजेर ४० मिनेटमा ४ दशमलव २ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
त्यसअघि हिजो दिउँसो १ बजेर ५० मिनेटमा गोरखा केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको पराकम्प गएको थियो । यो सँगै गत बैशाख १२ यता ४ रेक्टर भन्दा माथिका ३ सय २६ वटा पराकम्प गएको केन्द्रले जनाएको छ ।
ठूलो भूकम्पपछि साना पराकम्पन आउनु स्वभाविक भएको विज्ञहरुले बताएका छन् । यस्ता पराकम्पन लामो समय आइरहने भएकाले सचेत हुन उनीहरुको आग्रह छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline