काठमाण्डौ,४ असार ।
यसवर्षको एसएलसी परीक्षाको नतिजा आज सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले पत्रकार सम्मेलन गरी सार्बजनिक गरेको नतिजा अनुसार यो वर्ष ४७.४३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन ।
यसबर्ष एसएलसी परीक्षामा विशिष्ट श्रेणीमा २१ हजार २ सय ४७, पहिलो श्रेणीमा ९० हजार १ सय ७६, दोस्रो श्रेणीमा ७६ हजार ४ सय ८२ र तृतीय श्रेणीमा ४ हजार ३ सय ६२ जना विद्यार्थी उत्तिर्ण भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
नियमिततर्फ ३ लाख ९४ हजार ९ सय ३३ ले परीक्षा दिएकामा १ लाख ७३ हजार ४ सय ३६ उत्तीर्ण भएका परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले जानकारी दिनुभयो । एसएलसीको नतिजा एसएमएस, आइभीआर र वेबसाइटमा थाहा पाउन सकिने छ ।
एसएमएसबाट नतिजा थाहा पाउन मोबाइलको म्याजेज बक्समा गरी क्ीऋ लेखी एक स्पेस दिएर सिम्बोल नम्बर लेखी १६००,५००१, ५२२५, ५५६६, ४९४९ र ७६७६ मा एसएमएस गरेर हेर्न सकिन्छ ।
यस्तै मन्त्रालयको वेवसाइट धधध।mयभ।नयख।लउ मार्फत पनि थाहा पाउन सकिने सुविधा छ । त्यसैगरी अन्य सरकारी साइटहरुमा शिक्षा विभागको वेवसाइट धधध।मयभ।नयख।लउ र परीक्षा नियन्त्रण कार्यालयकै वेबसाइट धधध।मयभ।नयख।लउ बाट पनि नतिजा जान्न सकिने छ । त्यसैगरी नेपाल टेलिकमको वेबसाइट धधध।कअि।लतअ।लभत।लउ मा गएर पनि एसएलसीको नतिजा थाहा पाउन सकिन्छ ।
गत चैत्र ५ देखि १६ गतेसम्म संचालन भएको एसएलसी परीक्षामा ४ लाख ५ हजार ३ सय ३८ विद्यार्थी सहभागि भएका थिए । यसवर्षदेखि सुरु भएको प्राविधिक तर्फको एसएलसीको नतिजा भने एकहप्ता ढिला सार्बजनिक हुने जनाइएको छ ।
गत वर्षभन्दा यो बर्ष ४ प्रतिशत बढी विद्यार्थी उत्तीर्ण भएका हुन् । अनुत्तिर्ण भएकाहरुको पुरक परीक्षा साउन २० गते हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।