काठमाडौँ, ४ असार ।
राष्ट्रपति डा रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालाबीच आज भेटबार्ता भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटर्वातामा सरकारे उच्चस्तरीय प्राधिकरण गठन गर्न अध्यादेश ल्याउन लागेकाले प्रधानमन्त्री कोइरालाले सो बारे राष्ट्रपति यादवलाई जानकारी गराउनुभएको होे ।
व्यवस्थापिका–संसद्को अधिवेशन नभएको अवस्थामा सरकारले अध्यादेशमार्फत तत्काल सो प्राधिकरण गठनसम्बन्धी कानुन पारित गर्ने भएकाले प्रधानमन्त्री कोइरालाले यसबारेमा पूर्व जानकारी गराउनु भएको प्रधानम्नत्रीका प्रेस संयाजक प्रकाश अधिकारीले जानकारी दिनुभयो ।
साथै प्रधानमन्त्री कोइरालाले संविधान निर्माणका लागि राजनीतिक दलहरुबीच भएको १६ बुँदे सहमति, संविधान निर्माण प्रक्रियालगायतका विषयमा राष्ट्रपति डा. यादवलाई जानकारी गराएको जनाइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline