काठमाडौ, ४ असार ।
लगातारको वर्षाका कारण पहिरो खस्दा सिन्धुपाल्चोकको लामोसाँघु सडकखण्ड अबरुद्ध भएको छ ।
अरनिको राजमार्ग अन्तरगत लामोसाँघु–बाह्रबिसे सडकखण्डको माङखा १ जुरेमा पहिरोका कारण हिजो देखि बाटो अबरुद्ध भएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।
पोहोर पहिरो खसेकै ठाउँमा लेदो माटो बगेर सडक अवरुद्ध भएको हो । पहिरोका कारण बाह«बिसे, तातोपानी जाने सवारी सन्चालन हुन सकेको छैन ।
अरनिको राजमार्ग भएर दोलखा, जिरी जाने गाडी भने नियमित रहेको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले जनाएको छ ।
प्रहरीका अनुसार पहिरो हटाउने प्रयास भैरहेको छ । गत वर्ष जुरेमा गएको पहिरोका कारण धेरैले ज्यान गुमाएका थिए भने कयौँ विस्थापित भएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline