काठमाडौ,४ असार ।
महोत्तरीको बर्दिबास स्थित रातु नदीमा बाढी आउदा पूर्व पश्चिम राजमार्गमा यातायात अवरुद्ध भएको छ ।
महोत्तरी र सिन्धुलीको चुरे क्षेत्रमा गएराति वर्षा सँगै नदीमा बाढी आएपछि गएराति २ बजेदेखि उक्त राजमार्गमा यातायात अबरुद्ध भएको हो ।
बाढीका कारण रातु पुल मुनीको ड्राइभर्सनबाट सवारी आवात जावातमा समस्या भएको छ । बाढीले पाँच घण्टादेखि गाडी चल्न नसक्दा हजारौं यात्रु अलपत्र परेका छन् ।
अहिले पनि वर्षा भइरहेकाले बाढी घट्ने अवस्था नरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीका प्रमुख तुलसीप्रसाद उप्रेतीले बताउनुभयो ।
महोत्तरी र धनुषा जिल्लालाई जोड्ने पूर्व पश्चिम राजमार्गमा रहेको रातु नदीको पुल गत साउनमा भासिएपछि एक वर्षदेखि पुलभन्दा तल ड्राइभर्सन बनाएर सवारी सन्चालन गर्दै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline