जापान असार ३ ।
नेपालमा कार्यरत एक गैर सरकारी संस्था नेपाली प्राविधिक सहयोग समूह ( एनट्याग ) का अध्यक्ष सुन्दरमान श्रेष्ठले सूचना माग्न गएका पत्रकारको परिचय पत्र खोसेर फ्याकेको विषयमा शेर्पा पत्रकार संघ जापान शाखाले भत्र्सना गरेको छ ।
संघका जापान शाखाका अध्यक्ष फुर्वा शेर्पाले एक विज्ञप्ति जारी गरी पत्रकारद्धय सिर्जना तिम्सिना र वालकृष्ण भट्टमाथि भएको अपमानजनक व्यवारको विरोध गर्दै निज श्रेष्ठमाथि यथाशक्य कार्बाहीको माग गरेको छ ।
गत सोमबार सूचना दिने भन्दै बोलाईएका पत्रकार तिम्सिना र भट्टलाई आधिकारीकताको लागि भन्दै परिचय पत्र देखाउन भने पछि सो परिचय पत्र तानेर फ्याकि दिएका थिए ।
पूरा विज्ञप्ति तल हेर्नुस्
शेर्पा पत्रकार संघ ,जापान साखा बिषय :-प्रेस बिज्ञप्ति
नेपालमा विभिन्न अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरुबाट रकम लिएर चलिरहेको एउटा गैर सरकारी संस्था नेपाली प्राविधिक सहयोग समुह (NTAG ) का अध्यक्ष सुन्दरमान श्रेष्ठ सहितका केही बोर्ड सदस्यहरुले मिर्मिरे अनलाईन डट कमका लागि रिपोर्टीङमा पुगेका पत्रकार सिर्जना तिम्सिना र वालकृष्ण भट्टमाथि दुरव्यवहार गरेका छन् । य़ोघटनाप्रति नेपाल शेर्पापत्र।क।र सघजापनशाखा घोर भत्र्सना गर्दछ । सूचना दिन अटेर गरी पत्रकारको परिचय पत्र नै फालिदिने र सुचना दिन आनाकानी गरेको घटनाले गंभीर बनाएको छ ।आवस्यक कार्बाही गर्न सरकारसग‘ माग गर्दछु । गलत व्यवहार गर्ने सुन्दरमान श्रेष्ठ सहितकालाई सार्बजनिक रुपमा पत्रकार सम्मेलन गराई स्पस्टिकरण गराई संचार माद्यम हरुलाई तथ्य समाचार दिनुपर्ने ,निज लाई यथासाक्य कार्बाही गरी संस्था को पार्दसिता बाहिर ल्याउनु पर्ने,स्वतन्त्र मिडिया माथि एस्ता व्यवहार गर्ने गर्ने लाई तत्काल निलंबन गराई अन्य स्पस्ट छबि भएका व्यक्ति लाई नियुक्ति गर्न शे र्पा पत्रकार संघ जापान साखा सम्बंन्धित निकाय सग जोडदार माग गर्दछ ।
फुर्वा शेर्पा अध्यक्ष
शेर्पा पत्रकार संघ जापान साखा
यो पनि पढ्नुस् एनट्यागका अध्यक्ष सुन्दरमानले सूचना माग्ने पत्रकारमाथि दुरव्यवहार गरे