क्षमता अभिवृद्धि तालिम आजबाट धनगढीमा सुरु

क्षमता अभिवृद्धि तालिम आजबाट धनगढीमा सुरु

  • बिहिबार, असार ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाण्डौ,३ असार ।

मानवअधिकार रक्षकहरुका लागि तीन दिने क्षमता अभिवृद्धि तालिम आजदेखी कैलालीको धनगढीमा शुरु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा शुरु भएको तालिमममा कैलाली र कञ्चनपुरका मानवअधिकार रक्षक, विभिन्न अधिकारका क्षेत्रमा कार्यरत संस्थाका प्रतिनिधि र पत्रकारहरुको सहभागिता रहेको छ ।

तालिममा मानवअधिकार रक्षकहरुलाई मानवअधिकारको आधारभूत जानकारी, अधिकार र कर्तव्य र भूमिका, मानवअधिकार र मानविय कानुन, मानवअधिकार सूचनाको हक तथा नागरिक र राजनीतिक अधिकारबारे जानकारी दिइने इन्सेकका क्षेत्रीय संयोजक खड्कराज जोशीले जानकारी दिनुभयो ।

जोशीले आज मानवअधिकारको परिभाषा र विकास क्रमका साथै मानवअधिकार तथा मानविय कानुनबारे प्रशिक्षण दिनुभएको छ । अधिवक्ता कुलानन्द उपाध्यायले नेपालमा संवैधानिक व्यवस्था तथा मानवअधिकारबारे प्रशिक्षण दिनुभयो । तालिम शनिबारसम्म चल्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी