५ भारतीय नागरिक हतियारसहित पक्राऊ

५ भारतीय नागरिक हतियारसहित पक्राऊ

  • बिहिबार, असार ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाण्डौ,३ असार ।

कन्चनपुरको महेन्द्रनगरमा हतियार सहित नेपाली भूमिमा प्रवेश गरेका ५ जना भारतीय नागरीकलाई प्रहरीले पक्राउ गरेको छ । चाँदनी दोधारा क्षेत्रको कुतियाक बरमा हतियारसहित आएका ५ जनालाई सशस्त्र र नेपाल प्रहरीको टोलीले पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुका साथबाट खुँडा, चक्कु, लठ्ठी र भारतीय नम्बर प्लेटको युके ०६ आर ८३१७ नम्बरको मोटरसाईकल बरामद गरेको छ । ५ जनाको सो भारतीय समूह नेपाल चाँदनी दोधारा १० का भोपाल बस्नेतलाई आक्रमण गर्न नेपाल प्रवेश गरेको स्थानीयले दाबी गरेका छन । तर, बस्नेतको आक्रमण गर्न किन खोजियो भन्ने बारेमा केही नखुलेको प्रहरीले बताएको छ ।

नेपाली नागरिकलाई आक्रमण गर्ने उद्देश्यले भारतीय समूह हतियारसहित प्रवेश गरेपछि कुतियाकबर क्षेत्रमा तनाव सिर्जना भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी