काठमाडौं, ३ असार ।
यस वर्षको एसएलसी परीक्षाको नतिजा भोली सार्वजनिक हुने परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले जनाएको छ । भोली अपरान्न बोर्ड बैठक बसी नतिजा सार्वजनिक गर्न गर्ने परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले तयारी गरेको छ ।
प्राविधिक तर्फको परीक्षाफल सार्वजनिक गर्न भने केही दिन अझै लाग्ने भएको बताइएको छ । प्राविधिकतर्फ यस वर्षदेखि ग्रेडिङ प्रणाली लागू गरीदै छ ।
गत चैतमा भएको एसएलसी परीक्षामा नियमित तर्फ ४ लाख २६ हजार २ सय १४ जना, एक्जाम्टेडतर्फ १ लाख ५४ हजार १ सय ८३ जना र प्राविधिकतर्फ ३ हजार २ सय ८८ जना परीक्षार्थी सहभागी भएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline