मानव अधिकार आयोगले भुकम्प पछिको अवस्था बारे अनुगमन गर्दै

मानव अधिकार आयोगले भुकम्प पछिको अवस्था बारे अनुगमन गर्दै

  • बिहिबार, असार ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौ, ३ असार ।

मानव अधिकार आयोगले संसदिय टोली सहित आज मुलुकका विभिनन स्थानमा भुकम्प पछिका अवस्थाका बारेमा अनुगमन सूरु गर्दै छ ।

आयोगले सरकारले भुकम्प प्रभावितका लागि गरेको प्रयास र यसको प्रभावकारिताको बारेमा काठमाडौ लगायत अन्य ९ जिल्लमा अनुगमन गर्न लागेको हो ।

मानब अधिकार आयोगका अध्यक्ष सहितको टोलीले आज विहान साढे ११ बजे बिर अस्पतालको ट्रमा सेन्टरमा उपचारत विरामीहरुको अवस्थाका बारेमा अनुगमन गर्ने आयोगका उपनिर्देशक यज्ञ पसाद अधिकारीले जानकारी दिनुभयो ।

यस्तै टोलीले दरबार हाईस्कुलमा गएर विद्यालयको भौतिक अवस्था शिक्षक विद्यार्थीको शिक्षाको अधिकार र बाल अधिकारको विषयमा पनि जानकारी लिन लागिएको अधिकारीले बताउनुभयो ।

आयोगले राजधानीका विभिन्न स्थानमा रहेका भुकम्प पिडितको अवस्था, राहत वितरणको अवस्था ,बालबालीका, महिला र जेष्ठ नागरीकहरुको अवस्थाका बारेमा समेत जानकारी  लिनेछ ।

यसअघि  आयोगले  अति प्रभावित १५ जिल्लाको अनुगमन गरेर सरकारलाइ प्रतिवेदन बुझाइसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी