काभ्रे, ३असार ।
पतञ्जली योगपीठ बनेपाले जिम्मा लिएका २२ विद्यार्थी सम्बन्धित अभिभावकको जिम्मा लगाइएको छ । बिनाअनुमति बालबालिका राखेको गुनासोका आधारमा प्रशासनले अभिभावकको जिम्मा लगाएको हो ।
महिला तथा बालबालिका मन्त्रालयका प्रतिनिधि, प्रहरी र जिल्ला बाल कल्याण समितिको रोहबरमा जिल्ला प्रशासन कार्यालयले मंगलबार अभिभावकको जिम्मा लगाएको थियो ।
योगपीठले जिल्लाका विभिन्न स्थानका २२ बालबालिका भूकम्पपछि बनेपा ल्याएर राखेको थियो ।
बिनाजानकारी तथा अनुमति बालबालिका राखेकाले सम्बन्धित अभिभावकको जिम्मा लगाएको जिल्ला बालकल्याण समितिका बालअधिकार अधिकृत जयराम कमाचार्यले जानकारी दिए । कान्तिपुर दैनिकमा समाचार छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline