काठमाण्डौ,२ असार ।
आदिवासी जनजाति महासंघले पहिचानसहितको संघीयता हुनुपर्ने भन्दै एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
लाजिम्पाट स्थित दाहालकै निवासमा पुगेर महासंघका अध्यक्ष नागेन्द्र कुमाल र महासचिव पेम्बा भोटेसहितका जनजाति महासंघका पदाधिकारीले ध्यानाकर्षण पत्र बुझाएका थिए ।
ध्यानाकर्षण पत्र उनीहरुले नामांकन र सीमांकनसहितको प्रदेश बन्नुपर्ने, आदिवासी जनजातिहरुको सघन बस्तीलाई कायम राख्नुपर्ने माग गरेका छन । ध्यानाकर्षण पत्र बुझ्दै दाहालले चार दलबीच भएको सम्झौता अधिकतम प्राप्ति भएको बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline