परीक्षा दिन छुटेका विद्यार्थीलाई निवदेन दिन आग्रह

परीक्षा दिन छुटेका विद्यार्थीलाई निवदेन दिन आग्रह

  • बुधबार, असार २, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडाँैं, २ असार ।

उच्च माध्यमिक शिक्षा परिषद्ले प्रथम चरणको परीक्षामा सहभागी हुन नपाएका कक्षा ११ र १२ का विद्यार्थीलाई असार ७ गतेभित्र निवेदन दिने आग्रह गरेको छ ।

परिषद्ले भूकम्पबाट अति प्रभावित १४ जिल्लामा अध्ययनरत परीक्षार्थीहरुलाई आउँदो ७ गतेभित्र निवेदन दिन आग्रह गरेको हो । निवेदनका साथमा आवश्यक प्रमाणसहित आफू अध्ययनरत विद्यालयको सिफारिस र आफ्नो प्रवेशपत्रको प्रतिलिपी दिन पनि विद्यार्थीलाई सूचित गरेको छ ।

उच्च माध्यमिक शिक्षा परिषद्को परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुर वा उच्च माध्यामिक शिक्षा परिषद्को काठमाडाँै कार्यालय भीमसेनगोलामा मात्रै निवेदन दिन सकिने जनाइएको छ ।

असार ७ गते भित्रमा निवेदन नदिएका परीक्षार्थीलाई परीक्षामा सहभागी गराउन नसकिने परिषद्ले आज सूचना प्रकाशित गरेर जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी