पर्वतका तीन गाउँ पहिरोको जोखिममा

पर्वतका तीन गाउँ पहिरोको जोखिममा

  • बुधबार, असार २, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाण्डौ,२ असार ।

पर्वतका तीन गाउँ पहिरोको उच्च जोखिममा परेका छन् । भूकम्पले गाउँ आसपासको जमिन चिरा पर्न थालेपछि भङ्गारा गाविसको गैरीस्वाँरा, बाजुङको ओखलढुङ्गा र ठानामौलाकोे अर्चले गाउँ जोखिममा परेका हुन ।

पहिलेदेखि नै पहिरोको जोखिममा रहेका यी गाउँमा भूकम्पका कारण थप धाँजा फाटेपछि तत्काल पुनःस्थापना गर्नुपर्ने देखिएको छ । सो क्षेत्रमा रहेका ९५ घरपरिवार जुनसुकै बेला पनि पहिरोमा पर्न सकिने देखिएको जिल्ला भू–संरक्षण कार्यालयको अनुगमनबाट देखिएको छ ।

भूकम्प गएपछि पहिरो झर्ने क्रम बढेको छ । जाइकाको टोलीले गरेको भौगर्भिक सर्वेक्षणपछि बस्ती स्थानान्तरण वा पहिरो नियन्त्रणका लागि तारजाली लगाउन सुझाव दिएको थियो । पहिरो बग्न नरोकिएपछि प्राविधिकहरुले बस्ती स्थानान्तरण गर्न सुझाब दिएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी