काठमाडौं, २ असार ।
काठमाण्डौको बुढानिलकण्ठमा चितुवाको आक्रमण बाट स्थानिय मुकुन्द पौडेल घाइते भएका छन । खेतमा काम गरिरहेको बेला उनलाई चितुवाले आक्रमण गर्दा आतमा गम्भीर चोट लाएको छ । पछिल्लो समय वडा नम्बर–१ गैरीगाउं र वडा नम्बर–४ बिष्णुमतिमा चितुवाको आतंक बढेको छ ।
चितुवा आतंकको कारण आज एक दिनलाई बुढानिलकण्ठ आश्रम बिद्यालय समेत बन्द गरिएको छ । शिवपुरी राष्ट्रिय निकुञ्जबाट निस्किएको चितुवा अहिले पनि बिद्यालय आसपास नै बस्दा बिद्यालय बन्द गर्नु परेको बिद्यालय प्रशासनले जनाएको छ ।
शिवपुरी राष्ट्रिय निकुञ्जसंगै जोडिएको हुंदा उक्त क्षेत्रमा बेला बेलामा चितुवा लगायतका जंगली जनावरले दुख दिंदै आएको स्थानिय बासीले गुनासो गरेका छन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline