भारतीयको नियन्त्रणमा रहेका ३ नेपालीको रिहाइका लागि आज पनि पहल हुदै

भारतीयको नियन्त्रणमा रहेका ३ नेपालीको रिहाइका लागि आज पनि पहल हुदै

  • बुधबार, असार २, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौ, २ असार ।

भारतका बन रक्षकको नियन्त्रणमा रहेका बर्दीयाको गुलरियाका ३ नेपालीको रिहाइका लागि स्थानिय प्रशासनले आज पनि पहल गर्ने भएको छ ।

विवाद सामाधानका लागि समन्वय गर्न जिल्ला बन कार्यालय बर्दीयाका अधिकारि जाने भएका छन ।

आठ दिन अघि बर्दीया जमुनीका धन बहादुर सुनार, किरण राइ र गोरे नेपालीलाई सीमावर्ती वनमा बाख्रा चराउन गएका बेला भारतीय वन रक्षाकले ५६ ओटा बाख्रा सहित तीनै जनालाइ नियन्त्रणमा लिएका थिए ।

हिजो जमुनि प्रहरी चौकीबाट छलफलका लागि गएको भएपनि भारतीय पक्षले वन कार्यालयका कर्मचारीसंग मात्र छलफल गर्ने भनेपछि उनिहरु त्यसै फर्किउका थिए ।

जमुनीबासिले उनिहरुको रिहाइका माग गर्दै दुई दिन यता देखि भारतीय सीमानाका आवत जावत समेत ठप्प पारेका छन । वन रक्षकले प्रति बाख्रा १ हजार ५ सय भारतीय रकम मागेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी