भूकम्पपछि आयोजना गरिएको विशेषपूजा सम्पन्न

भूकम्पपछि आयोजना गरिएको विशेषपूजा सम्पन्न

  • सोमवार, जेष्ठ ३२, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौँ, ३१ जेठ । डोल्पा समाजले भूकम्पमा परेर ज्यान गुमाएका, त्रासमा रहेका तथा घाइते भएका व्यक्ति र परिवारको शान्ति र कल्याणका लागि सञ्चालन गरेको विशेष पूजा कार्यक्रमको आज समापन गरिएको छ ।

बौद्ध स्तुप परिसरमा रहेको गुरु ल्हाखाङ गुम्बामा विगत सात हप्तादेखि उक्त धार्मिक कार्यक्रम सञ्चालन हुँदै आएको थियो ।

प्रत्येक दिन बिहान ८ देखि ४ बजेसम्म सामान्य र हप्ताको एक दिन विशेष पूजा चलाइएको समाजले जानकारी दिएको छ ।

वैशाख १९ गतेदेखि हरेक हप्ता १०५ जना लामाको सहभागितामा सञ्चालन हुँदै आएको विशेष धार्मिक कार्यक्रममा भूकम्पमा परेर ज्यान गुमाउनेको चिर शान्तिको कामनाका साथै उनीहरुको शीघ्र पूर्ण जीवन प्राप्तिका लागि पूजा गरिएको थियो ।

pic
भूकम्प प्रभावित क्षेत्रमा विभिन्न रोग फैलन सक्ने सम्भावनालाई रोकथाम गर्न शुद्धता पूजाका साथै समग्र मुलुक र मुलुकवासीको कल्याण र सुख शान्तिका लागि लगातार शान्तिपूजा गरिएको संस्थाका अध्यक्ष निमा रिन्पोछेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – “भूकम्पले मुलुकमा ठूलो सङ्कट छोडेर गएको छ, यो दुःखलाग्दो कुरा हो, ज्यान गुमाएकाको चिर शान्ति र प्रभावितको कल्याणका लागि शान्ति समाजले शान्तिपूजाको आयोजना गरेको छ ।”

डोल्पामा स्थायी घर भएर काठमाडौँलगायत देशका विभिन्न जिल्लामा अध्ययनमा रहेका लामाहरुलाई जम्मा गरेर समाजले विशेष पूजा सञ्चालन गरेको थियो ।

जिल्लाको आर्थिक समृद्धि, सामाजिक उत्थान र सांस्कृतिक प्रवद्र्धन गर्न २०५४ सालमा गठन भएको डोल्पा समाजले जिल्लाको माथिल्लो भूभागमा बसोबास गर्ने गरिब जनताका छोराछोरीलाई शिक्षामा छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ ।

उक्त समाजले प्रधानमन्त्री सुशील कोइरालामार्फत भूकम्पपीडितको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु सात लाख प्रदान गरिसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी