कृषि विकासका लागि सञ्चार माध्यमको भूमिका विषयक दुई दिने अन्तरक्रिया कार्यक्रम चितवनमा

कृषि विकासका लागि सञ्चार माध्यमको भूमिका विषयक दुई दिने अन्तरक्रिया कार्यक्रम चितवनमा

  • आइतवार, जेष्ठ ३१, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

जेष्ठ ३१ चितवन । 

कृषि विकासका लागि सञ्चार माध्यमको भूमिकाका विषयमा केन्द्रीत रहेर चितवनमा दुई दिने अन्तरक्रिया आजबाट शुरु भएको छ ।
कृषि सञ्चार समाज नेपालको आयोजनामा शुरु भएको कार्यक्रमामा कार्यपत्र प्रस्तुत गर्दै प्रमुख अतिथि तथा कृषि सूचना तथा सञ्चार केन्द्रका निर्देशक ईश्वर प्रसाद रिजालले कृषि क्षेत्रमा गर्नु पर्ने काम, संभावना र आवस्यकताको विषयमा केन्द्रीत कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

निर्देशक रिजालद्धारा प्रस्तुत कार्यपत्रमा कृषि क्षेत्रमा के कस्ता कार्यक्रमहरुले कृषकहरुलाई फाईदा पुग्दछ , कृषिजन्य वस्तुहरुको आयात प्रतिस्थापन गरी निर्यात प्रवद्र्धन गर्ने , भोकमरी अन्त्य गर्ने जस्ता कुराहरुमा जोड दिईएको छ ।

यसै गरी करार खेती ऐन, नीति र निर्देशिका तयारी पारी कार्यन्वयन गर्न पहल गर्नु पर्ने, जमीन बाझो राख्नेले सरकारलाई कर बुझाउनु पर्ने जस्ता कुराहरुका साथै कृषकहरुलाई तीन वर्गमा बिभाजन गर्नु पर्ने आवस्यकतामा जोड दिईएको छ ।
साथै कार्यपत्रमा कृषि तथा वन विश्व विद्यालय सञ्चालनका लागि पहल गर्ने उल्लेख छ ।

कार्यक्रममा चितवन जिल्ला कृषि विकास कार्यलयका बरिष्ठ अधिकृत सोमनाथ घिमिरे लगायतका उपस्थित हुनुहुन्थ्यो ।
कार्यक्रममा कृषि क्षेत्रको विकासमा एफएम रेडियोहरुको भूमिकाको विषयमा तुला अधिकारीले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

अन्तरक्रिया कार्यक्रम भोली समापन हुने समाजका अध्यक्ष धन बहादुर मगरले जानकारी दिनु भयो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी