मुस्ताङमा चिसोका कारण ५ महिनामा चार हजार पशुचौपाया मरे

मुस्ताङमा चिसोका कारण ५ महिनामा चार हजार पशुचौपाया मरे

  • शनिबार, जेष्ठ ३०, २०७२
  • मिर्मिरे अनलाइन

  • 14.1K
    SHARES

काठमाडौ, ३० जेठ ।

हिमाली जिल्ला मुस्ताङमा असोजदेखि फागुनसम्म पटक–पटक परेको हिमपातसँगै बढेको चिसाले चार हजार पशुचौपाया मरेका छन् ।

उपल्लो मुस्तङका लोमान्थाङ, छोसेर, छोन्हुप, घमी, चराङ र झोङ गरि ६ गाविसमा किसानले पालेका पशुचौपाया मरेपछि त्यस क्षेत्रका किसानले रु ४५ करोड बराबरको नोक्सानी बेहोर्नु परेको छ ।

जिल्ला पशु सेवा कार्यालय मुस्ताङका पशु चिकित्सक नन्दलाल बर्माले असोज अन्तिमसाता आएको हुडहुड आधी र त्यसपछि निरन्तर हिउँ परेपछि त्यस क्षेत्रमा पाँच फिटसम्म हिउँ जमेको बताउनुभयो  ।

बर्माका अनुसार सबैभन्दा बढी च्याङ्ग्रा ३ हजार ७३९, लुलुगाई १ सय ५४, याक ४८, झोपा १६, भेडा ११ र १७ वटा घोडा मरेका छन् । छ गाविसमध्ये छोसेर गाविसमा सबैभन्दा बढी एक हजार २९९ च्याङग्रा मरेको तथ्याङ्कले देखाएको छ ।

पशु विभागसँगको सहकार्यमा छ गाविसमा पशुपालनका लागि व्यवस्थित गोठ र घास भण्डार कार्यक्रम सञ्चालनको तयारी भएको समेत पशु चिकित्सक बर्माले बताउनुभयो

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी