के तपाई आगामी सन् २०२० सम्म जीवित रहनु हुन्छ या हुन्न ? थाहा पाउनुस् अनलाईन टेष्टबाट

के तपाई आगामी सन् २०२० सम्म जीवित रहनु हुन्छ या हुन्न ? थाहा पाउनुस् अनलाईन टेष्टबाट

  • शनिबार, जेष्ठ २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

ध्रुवसत्य भएर पनि मानिसले आफूले निश्चित गर्न नसकेको विषय हो मृत्यु । धेरैलाई मरीहाल्छु जस्तो लाग्दैन तर मानिस मर्दछन् । धेरैलाई अब बाच्छु जस्तो लाग्दैन तर लामो समय कटाउछन् । यो हामी सबैको लागि रहस्यकै विषय हो ।
तर वैज्ञानिकहरुले मानिसको श्वास्थ्यको विभिन्न प्रश्नहरुको परीक्षणको माध्यमबाट आउदा पाच वर्ष सम्ममा कोही पनि व्यक्ति जीवीत रहन्छ या मर्छ भन्ने कुरा पत्ता लगाउने संभावना ८० प्रतिशत रहेको दावी गरेका छन् ।
त्यसैले अब तपाई आफ्नो मृत्यु परीक्षण गराउन सक्नु हुन्छ अनलाईनको माध्यमबाट । वैज्ञानिहरुका अनुसार उनीहरुले अंकमा आधारीत सामान्य प्रश्नहरुको एक सूची तयार पारेका छन् जसले तपाईको सही श्वास्थ्य अवस्थाको अनुमान लगाउछन् र आगामी २०२० सम्म जीवीत रहने संभावनाको भविष्यवाणी गर्ने छन् ।
मृत्युृदर जोखिमको भविष्यवाणी गर्ने स्कोर ४० देखि ७० वर्षको उमेर समुहका मानिसमा यो भविष्यवाणी विशेष रुपले लागू हुन्छ ।
यो परीक्षणमा तपाईको कुनै शारीरीक परीक्षणको आवस्यकता पर्दैन । तपाईको हिड्ने गति, श्वास्थ्य अवस्था सग‘ सम्बन्धित सामान्य प्रश्नहरुले यसको निर्धारण गर्दछ ।
वैज्ञानिक भन्छन् धुम्रपान सेवन गर्ने आचरण,धड्कनको रेट,ब्लड प्रेसरको मापनको तुलनामा हिडाईको गति पुरुष तथा महिलाको मृत्युको जोखिम नाप्ने महत्वपूर्ण कारण हो ।
स्वीडेनको अपसला विश्व विद्यालयका सहलेखक एरीक ईनगलसन भन्छन् ( ubble ) वेभसाईट कुनै पनि ब्रिटेनका मानिस यो टेष्ट दिन सक्छन् । प्रश्नावलीमा पुरुषका लागि १४ प्रश्न र महिलाका लागि ११ प्रश्न हुने छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी