जाजरकोट, २३ जेठ ।
सुगर लागेपछि रोग हटाउन सदरमुकाम खलंगमै एक महिला व्यवसायीक तरकारी खेतिमा लागेकी छिन् । शारिरीक व्यामवाटै नियन्त्रण गर्न सकिने रोग हटाउन उनी तरकारी खेतिमा लागेकी हुन् ।
जाजरकोट खलंगा २ माईति घर, रुकुम खलंगा ८ रातामाटा पोईली घर भएकी मिना पुनले गत मंसिर देखि खलंगा ३ फुलवारीमा व्यवसायीक तरकारी खे ितगर्न थालेकी छिन् । पुनले व्यवसायीक तरकारी खेतिसंगै कुखुरा पालन पनि गरेकी छिन् ।
गत मंसिर दखि मिनाले गरेको कुखुरा पालन र तरकारी खेतिवाट मात्रै ढाई तीन लाख आम्दानी गरिसकेको वताउछिन् । गतवर्ष नेपागञ्ज शिक्षण अस्पतालमा स्वास्थ्य चेकजाँच गराउदा आफुलाई सुगर रोग लागेको वताउने मिना पुनले दैनिक शारिरीक व्याम गर्न आफुलाई लाज लागेपछि शारिरीक व्यामको लागी आफु तरकारी खेति गर्न लागेको जानकारी दिईन् ।
आफ्नै तरकारी खेतिमा ६÷७ महिना सम्म गरेको शारिरीक व्यामले हाल आफ्नो शरिरीरमा भएको सुगर रोग निको भैसकेको मिनाको तर्क छ । भर्खरै नेपालगञ्ज गएर स्वास्थ्य चेक गराए डाक्टरले रोग सन्चो भईसक्यो वताए अव म ढक्क भैसके मिनाले भनिन् ।
शारिरीक व्याम र श्रम मानव जीवनको लागी अति उपयुक्त वताउने पुनले अवको चार वर्ष सम्म व्यवसायी तरकारी खेति र कुखुरा पालन गर्ने आफ्नो सोच रहेको वताईन् । दुई छोरा र आफ्ना वुढा भन्दा अलग ठाउँमा आएर तरकारी खेति गर्नुलाई रहर भन्दा पनि उनले जीवनको वाध्यता ठानेकी छिन् ।
तर रोग हटेको र पेसा कमाउन पाएकोमा उनले खुशि व्यक्त गरिरहेकी छिन् । २१ वर्षको जेठो छोरालाई पोखरावाट उभरसेर पढाई सकेर हाल नेपालगञ्ज सडक डिभिजनमा कार्यरत रहेका छन् भने, १९ वर्षे कान्छो छोरालाई पोखरामै उभरसेर पढाई रहेकी छिन् । उनका वुढा सिन्धुलीको कन्दमुल तरकारी विकास केन्द्रमा सुव्वा जागिरमा छन् ।