खुम्बु भेगमा अहिलेसम्म सरकारको नजर पुगेन

खुम्बु भेगमा अहिलेसम्म सरकारको नजर पुगेन

  • शुक्रबार, जेष्ठ २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

सोलुखुम्बु, जेष्ठ २२ ।

बैशाख १२ र २९ गते गएको महाभुकम्पले सोलुखुम्बुको पर्यटन क्षेत्र खुम्जुङमा पनि क्षति गरेको छ भने उद्धार, राहत र निरिक्षणका लागि अहिलेसम्म गा.वि.स. सचिव, सिडियो तथा सरकारी तहबाट कोही पनि नआएको र चासो नदेखाएको खुम्जुङबाट नाम्गेल लजका संचालक नाम्गेल ओङदी शेर्पाले जानकारी दिनु भएको छ ।
खुम्जुङ गा.वि.स.को खुन्दे, क्याङ्जुङ, मोङ्ला, फोर्चे, मछेर्म,ु डोल, गोक्यो आसपारका घरहरु र पर्यटकका लागि स्थापना गरेको लज रेष्टुरेण्ट सबै भत्किएको छ । घरहरु बस्न लायक नभएको शेर्पाले जानकारी दिए । उनका अनुसार अहिले खुम्जुक गाविसका स्थानीय बासीहरु खुल्ला आकाश मुनि बस्न बाध्य छन ।
स्थानीय बासी भन्छन “नेपालको पर्यटकीय स्थाल सोलुखुम्बुको माथिल्लो भेगलाई जिल्लाका नेताहरु, सरकारी निकायको नजर किन पुगेन ?” भनी प्रश्न गर्न थालेका छन । खुम्बु भेग सरकारको एउटा आय स्रोतको माध्यम पनि हो ।

बर्षेनी सरकारले करोडौ रोयल्टी उठाउने गर्छ । तर यो महाविपत्तमा सरकारी तवरबाट वास्था नगरेकोमा स्थानीयबासीहरु आक्रोशीत भएका छन ।
नाम्गेल ओङदी शेर्पाका अनुसार अहिलेसम्म खुम्जुङ गा.वि.स.को मछेर्म, डोल, गोक्योममा राहत सामग्री त परै जाओस निरिक्षणका लागि सरकारी तथा गैर सरकारी निकायबाट निरिक्षणका लागि नआएको बताउछन ।

 

शेर्पाका अनुसार स्थानीय बासीलाई राहात चाहिएको छैन मात्र नेपालको पर्यटकीय स्थाल सोलुखुम्बुको माथिल्लो भेगमा पनि कति क्षति भयो भनी निरिक्षणका लागि मात्र आए पुग्छ ।

उनी भन्छन अब सिजन सुरु हुन लागि सक्यो विदेशी पाहुनाहरु बस्नका लागि लज, होटल रेष्टुरेट मर्मतका लागि सरकारी तथा गैर सरकारी संघसस्थाहरुले मात्र निर्माण सामाग्री उपलव्ध गराइदिए राम्रो हुने र होटल लज निमार्णका लागि सवै सामग्री काठमाडौाबाट नै ल्याउनु पर्ने भएकोले हप्तामा २ पटक हेलिकप्टरबाट सामान ढुवानी गरि दिए स्थानीयबासीलाई राहत पुग्नेछ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी