काठमाण्डौ,१६ जेठ ।
नेपालगन्ज रहेको बागेश्वरी प्लाईउड कारखानामा विहान आगलागी भएको छ । आगलागिबाट करोड रुपैयाको क्षति भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नयव उपरीक्षक सुशील सिंह राठौरले जानकारी दिनुभयो ।
विद्युत सर्किटमा सर्ट भएर लागेको आगोले प्लाईउडको ढोका बनाउन प्रयोगहुने कम्पुटराईज्ड मेसिन, आरा मेसिन, कच्चा पदार्थ र उत्पादन भएको केही तयारी सामान पनि ल जलेर नष्ट भएको छ ।
आगो नेपालगन्जबाट गएको दमकल, प्रहरी र स्थानिय बासीको सहयोगमा नियन्त्रणमा आएको थियो । कारखानाका सञ्चालक रमेश थापाले एक करोड बराबरको क्षति भएको बताएका छन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline