भूकम्प पीडितलाई गायक बोकेदाह्री को सहयोग

भूकम्प पीडितलाई गायक बोकेदाह्री को सहयोग

  • बिहिबार, जेष्ठ १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.7K
    SHARES

जेष्ठ १४ बिर्तामोड । 
बैशाख १२ गते नेपालमा गएको बिनाशकारी भूकम्पमा ठूलो जनधनको क्षती भयो । हजारौले ज्यान गुमाए, ३० हजारबढी घाइते भए ।
कती घरबार बिहिन बने भने धेरै पटक–पटक आएको भूकम्पका धक्काका कारण धेरै सडक, चौर र खुल्ला ठााउमा त्रिपालमुनी रात बिताउन बाध्य भए ।
त्यो अवस्थामा देखेर बैशाख १४ गते पुर्वका गायन क्षेत्रका सम्राटका रुपमा रहेका बोकेदाह्ी (श्री कृष्ण लुइटेल) राहत का लागि भारतको अरुणाञ्चलमा रहेका नेपाली दाजुभाईलाई फोन गरेर सहयोगका लागि अनुरोध गरे ।
उनीहरु पनि नेपाली नै भएकाले गायक बोकेदाह्ीको कुरालाई नकार्न सकेनन् । बोकेदाह्ीले अरुणाञ्चल इट्टानगरका कृष्ण श्रेष्ठलाई फोनमा भने –‘ मितज्यु हामी भूकम्पका कारण घर न घाटको भएका छौ ।, हाम्रा मुटुहरु टुक्रिएका छन् ।
हेर्दा–हेर्दे आफन्त छुटेका छन् । ओत लाग्ने छाना छैनन् , जिउढाक्ने नाना छैनन् , यस्तो अवस्थामा राहत संकलनका लागि हामी जुटौ ।’ गायक बोकेदारीको यस्तो अनुरोधलाई भारतको अरुणाचलका नेपालीले नकार्न सकेनन् । त्यसको फलस्वरुप त्यहाका संघ/स्ांस्थाबाट संकलित ७ लाख ९० हजार नेपाली रुपैयाा बराबरको पाल, त्रिपाल, म्याट लगायतका एक ट्रक साम्रागी संकलन गरि सिन्धुपाल्चोकको थाङपोलढाप र बरुवा गाउामा बााडियो ।


राहत बितरणका लागि भारतको ‘अरुणाञ्चल प्रदेश गोरखा कमिटी’ का कृष्ण श्रेष्ठको नेतृत्वमा आएको टोलीले आाफै थाङपोलढाप र बरुवामा पुगी राहत बितरण गरेको छ । भूकम्प पीडितका लागि भारतको अरुणाञ्चल प्रदेशका अल–अरुणाञ्चल प्रदेश, गोरखा युथवेल फर एसोसियसन, पि वान सेक्टर दुर्गा मन्दीर इट्टानगर, अल वेष्ट कमिङ्ग नेपाली संस्कृति सुरक्षा समिति, गोरखा हेल्पीङ्ग हेन्ड फाउडेशन बेङ्लोर, श्रीश्री जनजागृति गोरखा सेवा समिति बमडेला, शिव मन्दीर इट्टानगर, सेटुपेन स्टुडेन्ड युनियन क्यापिटल कम्प्लेक्स इट्टानगर, राम क्षेत्री फोरटियर्स ग्रुप शर्पा, वुमन वेलफेयर अर्गनाइजेशन र चङचङमाने सोसाइटी शेर्पा, नाफ्राटिम, पिवान सेक्टर नेपाली दुर्गा मन्दीर, इट्टानगर मार्केट वेलफेयर सोसोसियसन लगायत संघ/संस्थाबाट सो राहतका लागि रकम उपलब्ध भएको श्रेष्ठले बताए ।
बोकेदाह्ीले सहयोग तथा राहतमा देखाएको यो सक्रियतालाई अरुले पनि पाठ सिक्न जरुरी छ । उनको एकल प्रयासमा भूकम्प पीडितका लागि ठूलो सहयोगको ब्यवस्था मिलेको छ ।

यतिबेला भूकम्प पीडितको सहयोगका लागि दिलोज्यान दिएर परेका छन् उनी । भूकम्पले देश तहसनहस भएकोबेला नेपाली कलाकारहरुले त्यस तर्फ सहयोगमा ध्यान दिन पछि परे ।

अन्य मुलुकका कलाकारहरुले भूकम्प पीडितका लागि राहत संकलनमा जुट्दा समेत नेपालका चर्चीत कलाकारहरु खासै देखा परेनन् । केही देखा परेका कलाकारले पनि अपेक्षित सहयोग गर्न सकेनन् ।
जब नेपाली कलाकारका बिषयमा त्यस्ता समाचार नेपाली सञ्चार माध्यममा आउन थाले अनि मात्र उनीहरु राहतका लागि जुटे । भनिन्छ कलाकार देशका गहना हुन् ।
उनीहरुले चाहेमा यस्ता बिपत्तीको समयमा ठूलो सहयोग गर्न सक्छन् । भूकम्प आएको हप्तौं सम्म नेपाली कलाकार गुमनाम थिए । ७ लाख बराबरको राहत हस्तान्तरण गरीसकेपछी उनको चर्चा चुलिएको छ ।
कला क्षेत्रका पुर्वेली सम्राट बोकेदारी यस्ता बिपत्तीमा परेकाको लागि गायक मात्र नभएर ठूलो सहयोगी साबित भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी