काठमाण्डौ, १२ जेठ ।
बिनासकारी भूकम्पसागै राष्ट्र बैंकलाई ब्याजदर घटाउन चौतर्फी दबाव परेको छ । सरकार, व्यवसायी र बैंकरले सकेसम्म सस्तो व्याजदरमा भूकम्प पीडितलाई ऋण उपलब्ध गराउने व्यवस्था मिलाउन राष्ट्र बैंकलाई निरन्तर दबाव दिन थालेका छन् ।
बैंकिङ प्रणालीमा लगानी योग्य रकम संकुचन भएपछि बैशाख पहिलो सातादेखि निक्षेप आकर्षित गर्न बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बढाउन थालेका थिए । तर चौतर्फी दबाव आएसागै बैंकहरुले बढाउन लागेको ब्याजदर तत्काल नबढ्ने देखिएको छ ।
सामान्य अवस्था भएको भए यतिखेर बैंकको ब्याजदर कम्तिमा १ प्रतिशतले बढेको हुने सिटिजन बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline