जुम्ला, ११ जेठ ।
जुम्लाका दुई सय बिद्यार्थीले सामुहिक रुपमा यार्सागुम्बा टिप्न जान बिद्यालयमा निवेदन दिएका छन् । जुम्ला चौधबीस भेकमा पर्ने ऋणमोक्ष उच्च माध्यमिक विद्यालका दुई सयभन्दा बढी विद्यार्थीले यार्सागुम्बा टिप्न प्रधानाध्यापकसमक्ष निवेदन पेस गरेका हुन् ।
निवेदनमा उनीहरूले ‘यार्सा टिप्न पाटन जान पाऊँ’ भनेका छन् । निवेदन उद्धृत गर्दै उक्त उच्च माविका सहायक प्रधानाध्यापक जगतबहादुर शाहीले बसनि करिब ६० प्रतिशत विद्यार्थी पाटनतर्फ जानेगरेको बताउनु भयो ।
तर यसअघि यसरी सबैले निवेदन भने दिने नगरेको उहाले बताउनु भयो ।
एक बालीमात्र फल्ने जुम्लामा जीविकोपार्जनको अन्य वैकल्पिक माध्यम नभएकाले यार्सा टिप्न लेकतिर जानु सो क्षेत्रका सर्वसाधारणको बाध्यता हो । कक्षा ४ माथिका विद्यार्थीले यार्चा टिप्न बिदा लिएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline