उठेरै बस्न मिल्ने कु्र्सी 

उठेरै बस्न मिल्ने कु्र्सी 

  • सोमवार, जेष्ठ ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

 उठेरै बस्न मिल्ने कु्र्सी (भिडियोसहित)

स्विजरल्यान्ड-तपाईं प्रत्येक दिन बसमा यात्रा गर्नुहुन्छ भने यो निश्चित छ कि प्रायजसो उठेरै यात्रा गर्दै आउनु भएको छ। धेरै बेर वा घण्टौंसम्म यसरी उभिएर यात्रा गर्ने गर्नुभएको छ भने त खुट्टा गल्ने, दुख्ने जस्ता समस्या पनि तपाईंले भोग्दै आउनु भएको हाेला। यदि त्यस्ताे हाे भने अब तपाईंले धेरै चिन्ता गर्नुपर्दैन। किनभने वैज्ञानिकहरुले यस्तो एउटा चेयरलेश चेयरको आविष्कार गरेका छन् कि यसले तपाईंलाई आराम दिनेछ भने यात्रापछिको कामलाई अझ सहज बनाउने छ।

यो चेयरलेश चेयरले खुट्टामा हुने थकानलाई दूर गर्नेछ भने तपाईं जहाँ कहीं पनि बसेर आराम लिन सक्नु हुनेछ। यसलाई घुमाएर वा घुमेर कुनै पनि पोजिशनमा राख्न सकिन्छ। कन्ट्रोल बटम दबाएपछि यसलार्इ नियन्त्रित गर्न सकिन्छ।
यो ६ वटा व्याट्रीको माध्यमबाट २४ घण्टा आरामले चल्छ। यो चेयरलेश कुर्सीको वजन लगभग दुई किलो छ। यसले मांसपेशीका बिरामीको खतरालाई कम गर्ने वैज्ञानिकहरूले दाबी गरेका छन् । जसले गर्दा कर्मचारीले कुशलतापूर्वक काम गर्न पाउनेछन्।यो कुर्सी उठेरै काम गर्नु पर्ने बाध्यताका कर्मचारीहरुका लागि त बरदान नै बन्न सक्ने देखिन्छ। स्विटजरल्याण्डको नूनी नामक स्टार्टअप कम्पनीले तयार गरेको यो न्यून मूल्यको कुर्सीको नाम ‘चेयरलेश चेयर’ दिइएको छ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी