काठमाडौ,१० जेठ ।
विनशाकारि भुकम्प संगै एक महिनायता बन्द सेयरबजार आजबाट खुल्ने भएका छन । बैसाख १२ गते गएको शक्तिशाली भुकम्प र त्यसपछि कम्पनहरुको प्रभावले सिडिएस यण्ड क्लियरिङ सिडिएससि रहेको भवनमा क्षति पुगेपछि बन्द भएको थियो । बैसाख १० गते बिहिबार नियमित कारोबार भएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) खुलेको थिएन ।
यसअघि २०६२/६३ को १९ दिने आन्दोलनमा नेप्से लामो समय बन्द भएको थियो । त्यसपछि पहिलोपटक यति लामो समय नेप्से बन्द भएको हो । सिडिएससि लिमिटेडको कार्यालय स्टक एक्सचेन्जकै भवनमा सारेपछि सेयरबजार खुलाउन सहज भएको हो ।
आइतबार देखि सेयरबजार खुल्ने नेप्सेका महाप्रबन्धक सिताराम थपलियाले बताउनुभयो । सिडिएससिलाई स्थानान्त्रण गर्ने काम भैसकेकाले आज (आइतबार) देखि बजार सञ्चालनमा आउनेछन थपलियाले भन्नुभयो ।
ग्लोबल आइएमए बैंकको साखा कार्यालय पनि नेप्सेको भवनमा सारिसकिएको उहाले जानकारि दिनुभयो । बैसाख १२ गते गएको शक्तिशाली भुकम्पले सिडिएससि रहेको भवनमा क्षति पुगेपछि नेप्सेले सामान्य मर्मतसम्भारपछि बजार सञ्चालनको तयारि थियो , तर फेरि बैािख २९ गतेको बक्तिशाली पराकम्पनले सिडिएससि रहेको भवनमाथप क्षति पुगेपछि सञ्चालन हुन सकेको थिएन ।
भुकम्पका कारण करिब १० खर्बको पूँजी बजार सञ्चालनमा आउन सकेको थिएन । अब सेयरबजा सञ्चालनका लागीलगानीकर्ता,संघसंस्था मर्चेन्ट,बैंकर्स र ब्रोकर कम्पनी तयार भएको नेप्सेको भनाइ छ ।
एक महिनाअघि वैशाख १० गते सेयरबजार परिसूचक ३.८५ अंकले घटेर ९३८ अंकमा झरेको थियो । उक्त दिन कुल कारोबारमध्ये ५ करोड ८६ लाख रुपैयाँबराबरको नेपाल लाइफ इन्स्योरेन्सको र २ करोड ५ लाखबराबरको नेसनललाइफ इन्स्योरेन्सको कारोबार भएको थियो ।
भूकम्पपछि सेयरबजारमा गिरावट आउने त्रासमा लगानीकर्ता छन् । सामान्यतया विपतपछि सेयरबजार घट्ने गर्छ । २००१ पछिको विपतपछि न्युयोर्क स्टक एक्सचेन्ज र २०११ मा आएको सुनामीका कारण जापानी सेयरबजारमा गिरावट आएको थियो । पछि, बिस्तारै परिसूचक सुध्रेको थियो । तर नेपालको हकमा त्यस्तो नहुने महाप्रबन्धक थपलियाको अनुमान छ ।
‘गिरावट आउँछ नै भन्न सकिँदैन,’ उनले नागरिकसँग भने, ‘भूकम्पपछि बैंक तथा वित्तीय संस्थामा रकम झिक्न आउनेको संख्या बढ्ने अनुमान थियो । त्यसैका आधारमा बैंकहरुले दिनमा ५० हजारको सीमा लगाएका थिए । तर, अनुमानभन्दा फरक रकम भिक्नेभन्दा सुरक्षाका लागि जम्मा गर्ने प्रवृत्ति देखियो । नेप्सेमा पनि त्यस्तै हुन सक्छ ।’
सूचीकृत कम्पनीको क्षति विवरण माग
नेपाल स्टक एक्चेन्ज लिमिटेड (नेप्से) ले सूचीकृत कम्पनीमा भएको क्षति विवरण मागेको छ । सेयर लगानीकर्तालाई सूचीकृत कम्पनीको वास्तविक अवस्थाबारे जानकारी दिने उद्देश्यले विवरण मागिएको नेप्सेले बताएको छ ।
बजारमा अनावश्यक हल्ला फैलाएर सेयरमा चलखेल हुने सम्भावना भएकाले सूचीकृत कम्पनीको वास्तविक अवस्थाको जानकारी गराउन लागेको नेप्सेले बताएको छ ।
‘सबै सूचीकृत कम्पनीको जोखिम कति छ भनेर जानकारी दिनु हाम्रो कर्तव्य हो,’ नेप्सेका महाप्रबन्धक सीताराम थपलियाले भने, ‘सबै कम्पनीमा भएको क्षति विवरण आएपछि लगानीकर्तालाई जानकारी दिनेछौं ।