काठमाडौ , वैशाख ३० ।
भूकम्प पिडितको खोजी तथा उद्धारका लागि काठमाडौंबाट दोलखा तर्फ उडेको अमेरिकी सेनाको हेलिकप्टर अझै हराइरहेको छ ।
चालक दलका सदस्य सहित आठ जना बोकेर हिजो दोलखातर्फ उडेको मेराइन हेलिकप्टर बेलुकीदेखि चरिकोट नजिकैबाट हराइरहेको गृहमन्त्रालयले जनाएको छ । हराइरहेको हेलिकोप्टरको नेपाली सेनाले खोजी गरिरहेका छन् । हिजो दिउँसो २ः३० बजे उढेको हेलिकोप्टर रातभरि खोजी हुँदा पनि फेला पर्न नसकेको गृहमन्त्रालयले स्रोतले बताएको छ ।
अमेरिकी सेनाका क्याप्टेन क्रिस सिम्सले विज्ञप्ति मार्फत ‘अपरेसन सहयोगी हात’ नामक मिसनलाई सहयोग गर्न गइरहेको सो हेलिकप्टरलाई बेपत्ता घोषित गरिएको उल्लेख गर्नु भएको छ । हेलिकोप्टर हराउनुको कारण तत्काल प्रष्ट नभएको र घटनाको अनुसन्धान भैरहेको बताइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline