काठमाडौं, बैशाख २७ ।
नेकपा – माओवादीका अध्यक्ष मोहन बैद्यले महाभुकम्पपछि विपतको मौका छोपेर भारतीय सेनाले नेपालमा हस्तक्षेपकारी भूमिका निर्वाह गरिरहेको आरोप लगाउनु भएको छ ।
राजधानी आज आयोजित एक कार्यक्रमपछि संचारकर्मीसंग कुरा गर्दै अध्यक्ष बैद्यले सरकार र नेपाली सेनासँगको समन्वयमा राहत र उद्दारमा खटिनुपर्नेमा भारतीय सेना आफूखुसी रुपमा चलेको आरोप लगाउनु भयो ।
भूकम्पको केन्द्रविन्दु गोर्खाको बारपाकमा भारतीय सेनाले पकड जमाएको उहाको भनाई छ । एक फरक प्रसंगमा उहाले संसद बैठकमा हिजो पूर्व प्रधानमन्त्रीहरुले राष्ट्रिय सरकार गठनका लागि राखेको प्रस्ताव प्रति आफु सहमत नभएको बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline