काठमाडौं, २७ वैशाख ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले गोरखाको खोप्लाङमा राहत सामग्री वितरण गरेको छ । भूकम्पबाट प्रभावित जिल्ला गोरखा पुगेको राहत वितरण टोलीले आज खोप्लाङ गाविसमा ७४ बोरा चामल वितरण गरेको हो ।
यसअघि सो पार्टीले स्थानीय राहत वितरण समिति बारपाकलाई राहत सामग्री हस्तान्तरण गरेका थिए । राहत बितरणका क्रममा बोल्दै महासचिव विप्लवले जनयूद्धको क्रममा ठूलो योगदान पुरयाएको उक्त गाउँमा सानो भए पनि सहायोग लिएर पुग्न पाउँदा आफूलाई खुशि लागेको बताउनु भएको छ ।
महासचिब विप्लवले अस्थायी आवाशका निम्ति घर टहरा बनाउन पनि सघाउने र तत्कालिन राहतमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ । विनाशकारी भूकम्पपछि कार्यकर्ता सहित विप्लव भूकम्पबाट प्रभावित गाउँहरुको प्रत्यक्ष अवलोकनका साथै राहत वितरण कार्यमा जुटिरहनु भएको छ ।
राहतस्वरुप बेलवाश बाशीहरुलाई माओवादीले १०६ बोरा चामल, चाउचाउ, चिउरा, कम्बल, त्रिपाल, औषधि लगायत राहत सामग्री वितरण गरेको छ ।