बाउ बन्न नसकेकाहरुका लागि खुसीको खबर , प्रान्समा स्पर्म उत्पादनको सफल परीक्षण

बाउ बन्न नसकेकाहरुका लागि खुसीको खबर , प्रान्समा स्पर्म उत्पादनको सफल परीक्षण

  • आइतवार, बैशाख २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

संसारभर करोडौं पुरुषहरुमा बाबु बन्ने क्षमता देखिदैन । कारण उनीहरुमा शुक्रकीट उत्पादन गर्ने कोशीकाहरु हुदैन । यसले नेपाल देखि संसारका अरु धेरै मुलुकमा पुरुषहरु चिन्तित बनेका छन् । तर अब यो चिन्ता गर्ने दिन धेरै टाढा नजान सक्छ ।
पहिलो पटक फ्रान्सका वैज्ञानिहरुले स्पर्म ( शुक्राणु ) कोशीकाहरु विकसित गर्ने दावी गरेका छन् । उनीहरुले जेनेटिस सामाग्रीबाट पूर्ण रुपले क्रियासील सिमनको विकास गरेका छन् । लियोनको एक ल्याव केलीस्टेन लेबेरेटरीले यसको क्लिनिकल ट्रायल सफल भएको र आगामी २ वर्ष भित्र अर्थात २०१७ सम्ममा बच्चा जन्माउने अवस्थामा आउने दावी गरेको छ ।
व्यवशायीक रुपमा यस फर्मले प्रतिवर्ष ५० हजार पुरुषलाई उपचार गरेर १.७ अर्ब युरोको बजार भेटिने आशा पनि गरिएको छ । केलिस्टेमका अनुसार स्पर्मेटोगोनिया नामक यो कोशीकाहरु परखनली मा परिपक्व स्पर्मको रुपमा विकसित भएको छ । ल्याबोरेटरीका सिईओ सिईओ आईसेबेले कुओकले आईवीएफका लागि स्वीकृत शुक्राणु आवस्यक प्रविधि विकास गर्न पूर्णत सफल रहेको दावी गरेका छन् ।
७२ दिन लाग्छ तपाई भित्र शुक्राणु परिपूर्ति गर्न
यो सामान्य सिटामोल खाए जस्तो तरीका भने विलकुलै हुने छैन । टेस्टिकुलर वायोस्पीको माध्यमबाट मुख्य पुननिर्मत कोशीकाहरुलाई शुक्राणुको रुपमा विकसित गरीन्छ । यस पछि परिपक्व शुक्राणुहरुलाई मानिसको शरीरमा प्रवेश गराउन ७२ दिन लाग्छ । यदी कोही मानिस तत्कालै बाबु बन्न चाहदैन भने उसको शुक्रकीट पनि भविष्यका लागि सुरक्षित गर्न सकिन्छ ।
यद्यपि वेलायत लगायत विश्वका विभिन्न विषेशज्ञहरुले यस अनुसन्धानको सफलताबारे प्रश्न गर्दै यसको प्रमाणित नहुदा सम्म आशावादी नहुन भनेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी