एक अस्ट्रेलियाली किसानले ७ सय ४३ किलोको फर्सी फलाएका छन् । यो फर्सी अस्ट्रेलिया र न्युजिल्याण्डको अहिलेसम्मको सबैभन्दा ठूलो भएको त्यहाँका कृषिसम्बन्धी कार्यालयले पुष्टि गरेको छ । न्यु साउथ वेल्समा भएको फर्सी प्रतियोगितामा ७ सय ४३ किलोग्रामको फर्सी उत्पादन गर्ने डाले ओलिभेरलाई पुरस्कृत गरिएको छ ।
ओलिभेरले बढी किलोग्रामको फर्सी उत्पादन गरी राष्ट्रकै एक प्रमुख उत्पादनकर्ताको पुरस्कार प्राप्त गरेका छन् । उनले यसअघि सन् २०१३ का ५४७ किलोग्रामको फर्सीको रेकर्डलाई तोडेर ६ सय १९ किलोको फर्सी उत्पादन गरी अर्को रेकर्ड कायम गरेका थिए ।
ओलिभरका अनुसार उनले यो फर्सी करिब ८० दिनमा उत्पादन गरेका थिए । गिनिज बुक अफ बर्ल्ड रेकर्डमा भने एक हजार ५४ किलोग्रामको फर्सीको संसारको सबैभन्दा ठूलो फर्सीका रुपमा दर्ता भएको छ । संसारको सबैभन्दा ठूलो सो फर्सी स्वीजरल्याण्डका बेनी मैएरले उत्पादन गरेका हुन् ।
– एजेन्सीको सहयोगमा