फेसबुकमा धेरै पटक तपाईंलाई निकै धेरै मानिसहरुको फ्रेन्ड रिक्वेस्ट आएको हुनुपर्छ र सबैभन्दा ठूलो समस्या नक्कली प्रोफाइललाई पत्ता लगाउनमा हुन्छ ।
यस्तो अवस्थामा हामी तपाईंलाई यस्तो एपको बारेमा जानकारी दिँदैछौँ जसले तपाईंको फेसुबक फ्रेन्डलिष्टबाट नक्कली फ्रेन्डलाई छाँट्ने काम गर्दछ ।
यो एपको नाम ‘फेकअप’ हो र यो एउटा फेसबुक एप हो । यो एपले तपाईंको फ्रेन्ड लिष्टलाई विश्लेषण गरेर नक्कली साथीको बारेमा जानकारी दिने गर्दछ । नक्कली साथी पत्ता लगाउनका लागि यसरी गर्नुहोस्
यो एपको प्रयोगः यसका लागि सबैभन्दा पहिले तपार्ईं आफ्नो फ्रेन्डलिष्टमध्ये त्यस्ता फ्रेन्डहरुलाई सेलेक्ट गर्नुहोस् जसमा तपाईंलाई शंका छ ।
त्यसपछि ‘फेकअफ’ एपले आफ्नो प्रविधिद्वारा त्यस्ता साथीहरुको जानकारी विश्लेषण गर्नेछ ।
विश्लेषण गरिसकेपछि नतिजाको रुपमा ती साथीहरुलाई १–१० सम्मको स्कोर दिनेछ ।
यसरी तपाईं आफ्नो फ्रेन्डलिष्टमध्ये नक्कली साथीको अनुमान गर्नसक्नुहुन्छ । यो एप तपाईंको फ्रेन्डलिष्टमा नयाँ संदिग्धका लागि पनि एलर्ट र नोटिफिकेसन पनि पठाउनुका साथै उनीहरुको फोटोको जाँच गरि संदिग्ध साथीले अरु कसैको फोटो प्रयोग गरेको हो कि होइन भन्नेसमेत जानकारी दिन्छ ।
यसको सबैभन्दा राम्रो विशेषता के हो भने यो एपमा तपाईं जे गर्नुहुन्छ त्यो तपाईंमा मात्र सिमित हुनेछ । यो शत प्रतिशत एक प्राइभेट एप हो ।