सुगुर आफ्नो फार्मबाट भागेर मन्दिरमा प्रार्थना गर्नगएपछी…(फोटोफिचरसहित)

सुगुर आफ्नो फार्मबाट भागेर मन्दिरमा प्रार्थना गर्नगएपछी…(फोटोफिचरसहित)

  • शनिबार, बैशाख २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 15.2K
    SHARES

तपाईले मानिसले मन्दिरमा प्रार्थना र पुजा गरेको त देख्नु भएकै होला । तर, यो खबर पढेपछि तपाईले आफ्नो राय परिवर्तन गरे हुन्छ ।

किनभने चीनको झेजिआंगमा एक सुगुरले बौद्ध मन्दिरमा शिर निहुराएपछि प्रसिद्ध भएको छ। १५० किलोको सुगुर आफ्नो फार्मबाट भाग्यो र नजिकैको मन्दिरमा पुग्यो ।

मन्दिरमा सुगुरले निहुरिएर शिर निहुरायो । त्यहाँ वरपर रहेकाहरुका अनुसार सुगुर निकैबेरसम्म प्रार्थना गरिरह्यो । जब एक जना बौद्ध गुरु आएर केही मन्त्र सुनाए तब सुगुर सरासर फार्मतिर गयो ।

जतिबेला सुगुर मन्दिरमा शिर निहुराएर प्रार्थना गरिरहेको थियो, त्यहाँ ठुलो संख्यामा पर्यटक सुगुरको भिडियो र फोटो खिचिरहेका थिए ।

एक व्यक्तिले लेखेका छन्–सुगुर चीनको नयाँ वर्षका लागि पूजा गरिरहेको थियो । दोस्रो व्यक्तिका अनुसार सुगुर भोकै थियो र खाने कुराको खोजीमा निस्केको थियो । तेस्रो व्यक्तिको मतअनुसार सुगुर विमार थियो ।

तर, सुगुरका मालिक आफ्नो सुगुरको प्रसिद्धिबाट अन्जान थिए । उनले सुगुर मासुका लागि पालेका थिए । सुगुर मालिक हुआंग हुले भने–म लामो समयदेखि सुगुर पालिरहेको छु । तर, कहिल्यै पनि यस्तो देखिनँ ।

उनले भने–यदि यस्तो पहिला नै थाहा पाएको भए म उसलाई मार्ने थिइनँ । एजेन्सी

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी