अहिले तस्कीका अनेको रुपहरु देखिने क्रम बढ्दो छ । पछिल्लो समयमा ब्रिफकेसमा राखेर ठूला बच्चाहरुलाई समेत तस्करहरुले ओसार्ने गरेको सार्वजनिक भएको छ ।
स्पेनको प्रहरीले आईभरीकोष्टका एक जना ८ वर्षका बच्चालाई ब्रिफकेस भित्र राखेर स्पेनमा ल्याएको बताएको छ । अबोयु नामक ती बालकलाई १९ वर्षीय युवतीले मोरक्को बाट स्पेनको सेउता शहरमा ल्याएकी थिईन् ।
सेउता मोराक्को नजिकको स्पेनी क्षेत्र हो । बिहिबार यसरी ती महिलाले बालकलाई आखामा र मुखमा पट्टि बाधेर कोचेर ल्याएकी थिईन् । बच्चा ती महिलाको कुनै नातागोता नभएको पनि प्रहरीले बताएको छ ।
बताईए अनुसार ती बच्चाका बाबु स्पेनमा रहेको र उनैले ती केटीलाई सुटकेश लान पैसा दिएका थिए ।
उनको खास योजना आफ्ना छोरालाई आफूसगै बोलाउनु रहेको बताईएको छ । स्पेनमा बर्षेनी हजारौ मानिस गैर कानुनी रुपमा प्रवेश गर्दै आएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline