सावधान ! पासवर्डविना नै खुल्न सक्छ फेसबुक

सावधान ! पासवर्डविना नै खुल्न सक्छ फेसबुक

  • शुक्रबार, बैशाख २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

के तपाइँलाई थाहा छ तपाइँको फेसबुक अकाउण्ट चलाउनका लागि कतिपय ब्यक्तिलाई पासवर्ड जरुरत नै पर्दैन । थाहा छैन भनेपनि यो सत्य हो । फेसबुकले आफ्ना कतिपय कर्मचारीलाई फेसबुक प्रयोगकर्ताहरुको अकाउण्ट खोल्न पासवर्ड नै आवश्यक नपर्ने अधिकार दिएको छ ।

प्रविधीसँग सम्बन्धित रिपोर्ट प्रकाशित गर्ने ‘भेन्टरबीट’ नामक वेवसाइटका अनुसार फेसबुकले हालै मात्र आफ्ना कतिपय कर्चारीलाई प्रयोगकर्ताहरुको फेसबुक अकाउण्ट पासवर्डविना नै खोल्न सक्ने सुविधा दिएको स्वीकार गरेको हो ।

यद्यपी कुनै पनि प्रयोगकर्ताको सहयोगका लागि मात्र यस्तो गर्न सक्ने तर कुनै दुरुपयोग भएमा कारवाहीको समेत ब्यवस्था रहेको फेसबुकले स्पष्ट पारेको छ । यो नियमको उल्लङ्घन गर्ने जुनसुकै कर्मचारीलाई तत्काल फेसबुकबाट निश्कासन गरिने समेत फेसबुकले जनाएको छ ।

फेसबुकले आफ्ना उपल्लो तहका कर्मचारीलाई प्रयोगकर्ताको फेसबुक खोल्ने अधिकार दिएको तर यस्तो अधिकार केवल निर्धारित काम गर्नका लागि मात्र दिइने वेवसाइटले जनाएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी