फेसबुककाे नयाँ फिचर, अनाबश्यक ब्यक्तिको कल आफै ब्लक हुन्छ

फेसबुककाे नयाँ फिचर, अनाबश्यक ब्यक्तिको कल आफै ब्लक हुन्छ

  • बिहिबार, बैशाख २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 11.9K
    SHARES

सामाजिक संजाल फेसबुकले यस्तो नयाँ फिचर ल्याएको छ जसले अब तपाईंलाई कसैले नयाँ नचिनेको नम्बरबाट फोन गर्‍यो भने कलसँगै उसको नारा नालीवेली तपाईंको मोबालमा आउँछ । फेसबुकले हालैमात्र एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताका लागि नयाँ कलिङ एप ‘हेलो’ सार्वजनिक गरेको छ ।

यो एपले फेसबुक अकाउण्टको डाटा प्रयोग गरी को व्यक्तिले फोन गरिरहेको छ भन्ने कुरा पत्ता लगाउने र अनाबश्यक ब्यक्तिको कल ब्लक गर्न सहयोग गर्नेछ ।

यो एपले आउने तथा जाने कल नम्बरलाई फेसबुक प्रोफाइलको डाटासँग म्याच गरी कलिङ गर्ने वा गरिने व्यक्तिको बारेमा जानकारी प्रदान गर्दछ । साथै यसले प्रयोगकर्ताले ब्लक गरेका नम्बरहरुबाट आएका कलहरु आफै ब्लक गरिदिन्छ ।

यद्यपि आफ्नो फेसबुक अकाउण्टमा फोन नम्बर शेयर गरेकाहरुको बारेमा मात्र यो एपले जानकारी दिनसक्छ, अन्यथा सक्दैन । फेसबुकले हेल्लो एप हालका लागि अमेरिका, ब्राजिल तथा नाइजेरियामा मात्र परीक्षणका रुपमा उपलब्ध गराएको छ ।

यो एप प्रयोग गर्नका लागि स्मार्टफोनमा एप डाउनलोड गरेपनि फेसबुक साइन इन गर्नुपर्छ अनि आफ्ना कन्ट्याक्ट नम्बरहरुलाई फेसबुकमा सिंक्रोनाइज गर्नुपर्छ ।

त्यसपछि तपाइँको मोबाइलमा कसैले फोन गर्यो भने यो एपले कुन व्यक्तिले फोन गरेको हो भन्ने जानकारी दिन्छ, यदि तपाइँको मोबाइलमा उसको नम्बर तथा नाम सुरक्षित छैन भनेपनि ।

साथै यसले वाइफाइ इन्टरनेटको उपलब्धतामा निःशुल्क कलिङलाई समेत प्रबर्द्धन गर्ने बताइएको छ । फेसबुकको हेलो एपलाई अर्को चर्चित भ्वाइस कलर आइडी एप ट्रुकलरको प्रतिस्पर्धी मानिएको छ ।

फेसबुकले केही समय पहिले मात्र समाचार पढ्ने एप ‘पेपर’ तथा भिडियो शेयरिङ एप ‘रिफ’ सार्वजनिक गरेको थियो, जसले खासै सफलता प्राप्त गर्न भने सकेका छैनन् ।

फेसबुकको हेलो एपलाई अर्को चर्चित भ्वाइस कलर आइडी एप ट्रुकलरको प्रतिस्पर्धी मानिएको छ । फेसबुकले केही समय पहिले मात्र समाचार पढ्ने एप ‘पेपर’ तथा भिडियो शेयरिङ एप ‘रिफ’ सार्वजनिक गरेको थियो, जसले खासै सफलता प्राप्त गर्न भने सकेका छैनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी