यौन आनन्द बराबर हुन्छ किनमेल गर्दाको आनन्द

यौन आनन्द बराबर हुन्छ किनमेल गर्दाको आनन्द

  • बिहिबार, बैशाख २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 14.5K
    SHARES

एउटा वेभसाइटले मानिसलाई किनमेल गर्दा पनि यौन आनन्द बराबर सन्तुष्टि प्राप्त हुने दावी गरेको छ । वेभसाइट बसल डट कमका अनुसार अनुसन्धानकर्ताहरुले आफ्नो शोधमा ठुलो किनमेलबाट मष्तिस्कमा उद्दिप्त हुने एक विशेष प्रकारको स्पट पत्ता लगाएका छन् ।

साथै यो स्पट आनन्द प्रदान गर्ने अन्य प्रेरकहरु जस्तै रतिक्रियाका कारण पनि उद्दिप्त हुने गर्दछ । अनुहारको भाव–भंगीमा पहिचान गर्ने प्रणालीको उपयोग गर्दै एक ३० वर्षीया महिलालाई किनमेलका लागि मनपर्ने स्टोरमा पठाइएको थियो ।

यस क्रममा शोधकताहरुले महिलाको मष्तिस्कको निगरानी गर्ने एउटा प्रणाली उपयोग गरेका थिए । जसबाट उनलाई प्राप्त हुने आनन्दको स्तर मापन गरिएको थियो।

शोधका क्रममा शोधकर्ताहरुले पाए कि महिलाको खुसी व्यक्त गर्ने प्रणाली त्यतिबेला सबैभन्दा उच्चस्तरमा पुग्यो जतिबेला उनले एक जोर पाइन्छ किनिन् । जुन पाइन्ट उनी लामो समयदेखि किन्ने सपना देखिरहेकी थिइन् ।

मुख्य शोधकर्ता स्काँट रिकले भने–‘व्यक्तिलाई छुनुको सट्टा हामीले सिधै मष्तिस्कबाटै यो जान्ने कोशिस गरेका हौ ।

यसका लागि हामीले मानिसलाई किनमेल गर्ने अवसर दियौ र यसक्रममा उनीहरुको मष्तिस्कको गतिविधिमा चलायमान एमआरआईको माध्यमबाट नजर राख्यौ ।

शोधकर्ताहरुका अनुसार किनमेलका क्रममा अत्यधिक मुल्य तिर्दा यो अनुभूति यसको विपरीत हुने गर्दछ । एजेन्सी

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी