मृत्युपछि तपाईको फेसबुक के हुन्छ ? थाहा पाउनुहोस्

मृत्युपछि तपाईको फेसबुक के हुन्छ ? थाहा पाउनुहोस्

  • शनिबार, बैशाख १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

एजेन्सी । अहिलेको समयमा सामाजिक सञ्जाल हाम्रो जीवनको एक पाटो बनिसकेको छ । करोडौं मानिसहरुले सामाजिक सञ्जाल प्रयोग गर्ने गर्छन ।
यस्तो अवस्थामा अब तपाई हाम्रो सामाजिक सञ्जाल निधनपश्चात के हुन्छ भन्ने सवाल पनि चर्को रुपमा उठ्ने गरेको छ । संसारकै सबैभन्दा चर्चित सामाजिक सञ्जाल फेसबुकले अब हाम्रो निधनपश्चात पनि हामीले चाहेको व्यक्तिले चलाउन सक्नेगरी विकास गर्ने जानकारी दिएको छ ।
अहिलेसम्म फेसबुक तपाई हाम्रो निधनपछि स्वत बन्द हुन्थ्यो । अझ प्रष्ट भन्नुपर्दा हाम्रो फेसबुक एकाउन्ट अरुले खोल्न सक्दैनथ्यो । तर अब फेसबुकले केही नयाँ विकल्प दिने भएको छ, जसले मृत्युपछि पनि आफूले चाहेको व्यक्तिले चलाउन सक्नेछ ।
सुरुमा अमेरिकामा फेसबुक प्रयोगकर्ताहरुले उत्तराधिकारी–सम्पर्क छनोट गर्न सक्नेछन् । अथवा प्रयोगकर्ताको मृत्युपछि त्यो उत्तराधिकारीले फ्रेण्ड रिक्वेष्ट, अपडेट, प्रोफाइल फोटो तथा कभर फोटोमा प्रतिक्रिया दिन सक्नेछन् ।
यसको स्थानमा तपाईले फेसबुक एकाउन्ट डिलिट गर्ने विकल्प पनि छान्न सक्नुहुन्छ । फेसबुकले मृत्युपछि कसैलाई सुझाव साथीको रुपमा एकाउन्ट भने हेर्न पाउने छैनन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी