एउटा विद्यालय, जहाँ बालबालिकालाई चोरी गर्न सिकाइन्छ

एउटा विद्यालय, जहाँ बालबालिकालाई चोरी गर्न सिकाइन्छ

  • शुक्रबार, बैशाख १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

तपाईले विभिन्न खाले तालिम दिने विद्यालय र प्रशिक्षण केन्द्रहरुका बारेमा सुन्नु र पढ्नु भएकै होला । जहाँ बालबालिका र युवालाई जीवनमा काम लाग्ने नयाँ नयाँ कुरा सिकाइन्छ जसबाट जीवन अझ उत्तम ढंगले बाँच्न सकियोस् ।

तर भारतको झारखण्डको राँचीमा एउटा यस्तो स्कुल पनि फेला परेको छ जहाँ अलि विचित्रको तालिम दिइन्छ ।
यो स्कुलमा बालबालिकालाई चोरी गर्ने तालिम दिने गरिएको थियो । जसको फर्दाफास राँचीको सुखदेव नगर प्रहरीले गरेको हो ।

प्रहरीले यो घटनामा पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरु साहबगंज निवासी रहेको प्रहरीले जनाएको छ ।
छापा मार्ने क्रममा प्रहरीले पक्राउ गरेका पाँच जनाबाट कयौ स्मार्ट फोन र सिमकार्ड बरामद गरेको छ।

चोरी गर्न सिकाउने स्कुलको पर्दाफासपछि अब प्रहरी चोरी गर्न तालिम लिने बालबालिकासँग सोधपुछ गरिरहेको भारतीय संचार माध्यमले जनाएका छन् ।

यो स्कुलमा बालबालिकाहरुलाई मोबाइल चोरी गर्ने तालिम दिने गरिएको प्रहरीले जनाएको छ। एजेन्सी

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी