ललितपुर बैशाख १७ । बिनाशकारी भुकम्पबाट मुलुकमा परेको राष्ट्रिय बिपत्तीलाई मध्य नजर गर्दै ललितपुरस्थित अल्का अस्पतालले आफ्ना सवै विभागबाट दिइने ओपिडी सेवा निशुल्क गरेको छ ।
भुकम्पका कारण कतिपय सर्वसाधरण घरवारविहिन भएको र तत्कालका लागी आर्थिक स्रोत जुटाउन पनि समस्या पर्ने अवस्थालाई मध्यनजर गर्दै अल्का अस्पतालले बुधवार अपरान्ह ४ बजेदेखी शुक्रवार साँझ सम्म जनरलसम्वन्धी समस्या, स्त्री, अर्थाेपेडिक, युरो, नाक कान घाँटी, बाथ, कलेजो, छाला, बालरोग, मानसिक रोग, किड्नी, पेट, छाती, मुटु, आखा, लगायतसम्बन्धी सेवाका लागी लाग्ने ओपिडी टिकट चार्ज निशुल्क गर्ने निर्णय गरेको अस्पतालका अध्यक्ष कुमार थापाले जानकारी दिए ।
अन्य अवस्थामा ओपिडी शुल्क प्रतिव्यक्ति ३ सय ५० देखी ६ सय रुपैयासम्म लाग्ने गरेको छ ।
भुकम्पका कारण मुलुकभर ठुलो जनधनको क्षति भएको र मुलुक बिपत्तीमा परेका बेला मानवीय नाता एवं सामाजिक उत्तरदायित्व अन्र्तगत बिपतमा परेकालाई सहयोग गर्ने उद्देश्यले ओपिडी शुल्क निशुल्क गरिएको थापाले बताए ।
अल्का अस्पतालले भुकम्पबाट घाइते भएकाहरुलाई निशुल्क रुपमा आकस्मिक सेवा उपलव्ध गराउदै आएको छ ।