हालै मात्र अमेरिकी वैत्रानिकहरुले चार्ज नै गर्नु नपर्ने क्यामेरा बनाएका छन् । यस्तो क्यामेरा विश्वमै पहिलो पल्ट बनेको हो । कोलम्बिया विश्वविद्यालयका एक कम्प्युटर वैज्ञानिकले बनाएको यो क्यामेराले सौर्य उर्जालाई बिधुतिय उर्जामा बदल्न सक्छ ।
अमेरिकी कम्प्युटर वैज्ञानिक के.नायरले निर्माण गरेको यो क्यामेराले पूर्ण उज्यालो भएको ठाउँमा प्रति सेकेण्ड १ फोटो खिच्न सक्छ ।
यसमा फिट गरिएको सोलार प्यानलमा पिक्सेललाई फोटो भोल्टिजको रुपमा प्रयोग गरिएको छ जसले उर्जा उत्पादन गर्छ । यसकारण यसलाई चार्ज गर्न नपर्ने यसका निर्माता नायर बताउछन ।
आगामी अप्रिलमा हुस्टन स्थित राइस विश्व विद्यालयमा हुने कम्प्युटेसनल फोटोग्राफी सम्मेलनमा यो क्यामरालाई सार्वजनिक गर्ने योजना नायरको रहेको छ ।
–एजेन्सी
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline