पोखरा,२९ चैत।
प्रबिधिको बिकास संगै समाजमा अपराधिक घटनाहरुको प्रकृति पनि फेरीएको छ । मानिसको जिवनशैली र प्रबिधिका कारण चोरहरुले पनि आफ्नो चारी गर्ने तरिकामा परिबर्तन ल्याउन थालेका छन ।
कसैको घर फुटाउने वा समुहमा लुट्ने प्रकृतिका घटनाहरु भन्दा आजभोली मोवाईल तथा अन्य बहुमुल्य सामानहरुको चारी बढी हुने गरेको छ । मानिसहरुलाई जति बेला पनि र जस्तो अबस्थामा पनि मोवाईल आबस्यक पर्ने भएकाले चोरलाई पनि चोर्न सजिलो हुने गरेको होे ।
बिषेश गरि अस्पताल, सार्वजनिक स्थानहरु, बिल बुझाउने काउन्टरहरु तथा ब्यबशायिक क्षेत्रहरु बाट पनि मोवाईल हराउने क्रम बढेको छ ।
समान खरिद गर्ने बाहाना बनाएर बिल बनाउन लगाएर मोवाईल चोरी गरेको पोखराको न्युरोडमा कपडा ब्यापार गर्ने एक महिलाले बताईन ।
धेरै नै सामान खरिद गर्छु भनेर मुल्य गरेपछि बिल बनाउन लगायो र आफुले बिल बनाउन लाग्दा मोवाईल लिएर भागिसकेछ , उनले भनिन ।
केही दिन अगाडी पोखराको मनिपाल अस्पतालबाट पनि एक बिरामी कुरुवाको मोवाईल हराएको एक महिलाले बताईन । आफु बिरामीको हेरबिचारमा ब्यस्त भएको अबस्थामा ८० हजार बराबर मुल्यको मोवाईल चोरी भएको तिनले बताईन ।
पोखरामा ब्यबशायिक मोवाईल चोरहरु भने नभएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय ,कास्कीका प्रबक्ता केदार रजौरेले दिएको जानकारी अनुसार बिषेशगरि आफ्नै साथी भाईहरुले र आफन्तहरुले नै चोरी गर्ने गरेको आफुहरुको अनुसन्धान बाट पत्ता लागेको उनको भनाई थियो ।
यदि मोवाईल हराएका तुरुन्तै नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न पनि प्रहरीले अनुरोध गरेको छ ।
प्रहरीको आन्तरीक अनुसनधानको तरिका बाट पनि मोवाईल भेटीन सक्ने संभावना हुने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रबक्ता रजौरेले जानकारी दिए ।