सूर्यविनायक अन्तर वडास्तरीय फुटबल प्रतियोगिता सुरु

सूर्यविनायक अन्तर वडास्तरीय फुटबल प्रतियोगिता सुरु

  • आइतवार, अशोज २५, २०८३
  • मिर्मिरे अनलाइन

  • 342
    SHARES

भक्तपुर, २५ असोजः सूर्यविनायक नगरपालिकाले आयोजना गरेको रु एक लाख राशिको अन्तर वडास्तरीय फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ । सूर्यविनायक नगरपालिका–१० चित्तपोलस्थित खेल मैदानमा आजदेखि सुरु भएको प्रतियोगिताको नगर प्रमुख वासुदेव थापाले उद्घाटन गर्नुभयो ।

प्रतियोगिताको विजेताले रू एक लाख, उपविजेताले रू ५० हजार, तृतीय हुनेले रू २५ हजार नगद, ट्रफी, प्रमाणपत्र, मेडलसहित पुरस्कार प्राप्त गर्ने प्रतियोगितामा चौथोले रु १० हजार, उत्कृष्ट खेलाडीले रु १० हजार, उत्कृष्ट गोल किपरले रू पाँच हजार, उत्कृष्ट गोलकर्ताले रू पाँच हजार र उत्कृष्ट प्रशिक्षकलाई रू पाँच हजार पुरस्कार प्राप्त गर्ने सूर्यविनायक नगरपालिका खेलकुद विकास समितिका सदस्य सचिव दीपक थापाले जानकारी दिनुभयो ।

कार्यक्रममा नगर प्रमुख थापाले भौतिक विकाससँगै मानवीय विकास, रोजगारी अभिवृद्धि र खेलकुद क्षेत्रलाई पनि प्राथमिकता दिएको नगरपालिकाले यस वर्ष खेलकुदको विकासका लागि नगरपालिकाले एक करोड रूपैयाँको बजेट विनियोजन गरेको बताउनुभयो । उहाँले तिहारपछि नंखेलमा ५० रोपनी जग्गामा फुटबल रङ्गशालाका निर्माणका लागि रु चार करोड विनियोजन गरिएको बताउँदै उहाँले नगरपालिकाले यस वर्ष प्रत्येक वडामा एक खेल मैदान निर्माण गर्ने बताउनुभयो ।

हरेक महिना खेलकुद प्रतियोगिता गर्दै नगरपालिकाले राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्य नगरपालिकाले राखेको बताउँदै उहाँले तीन तहकै सरकारले खेल र खेलाडीको विकासका लागि लगानी गर्नुपर्ने बताउनुभयो ।

नगरपालिकाको उपप्रमुख सरिता तिम्सिना भट्टराई, प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य, नगर प्रवक्ता एवं वडा नं ७ का वडाध्यक्ष रविन्द्र सापकोटा र वडा नं १० का वडाध्यक्ष शिवराम राउतले नगरपालिकाले खेलकुद विकास समिति गठन गरेपछि नगर क्षेत्रमा खेलकुदले फड्को मारेको चर्चा गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ