पार्टी सङ्गठन सुदृढीकरण र जनपरिचालन गर्दै एमाले

पार्टी सङ्गठन सुदृढीकरण र जनपरिचालन गर्दै एमाले

  • शनिबार, अशोज २४, २०८३
  • मिर्मिरे अनलाइन

  • 209
    SHARES

काठमाडौँ, २४ असोजः नेपाल कम्युनिष्ट पार्टी (एमाले) आउँदो स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै पार्टी सङ्गठन सुदृढीकरण र जनपरिचालनमा केन्द्रित भएको छ । पार्टीको भदौ पहिलो साता सम्पन्न तेस्रो केन्द्रीय कमिटी बैठकले पारित गरेका मुख्य कार्यभारअन्तर्गत आगामी स्थानीय तहको निर्वाचन केन्द्रित हुँदै एमालेले वडा र पालिका तहका अधिवेशनको मिति तय गरेको छ ।

पार्टीले आगामी मङ्सिर २६ गते वडा कमिटी र पुस ४ गते पालिका कमिटीको अधिवेशन गर्ने निर्णय गरेको छ । एमालेका केन्द्रीय प्रचार प्रमुख निरज आचार्यका अनुसार पार्टीले वडा र पालिका तहमा नेतृत्व पुनःगठन गर्ने, प्रदेश तथा जिल्ला तहका नेतृत्व र जनप्रतिनिधिलाई एकीकृत रूपमा परिचालन गर्ने तथा सङ्गठनलाई थप सक्रिय बनाउने लक्ष्य लिएको बताउनुभयो ।

एमालेले आफ्नो राजनीतिक सन्देश जनतासम्म पुर्‍याउन प्रत्यक्ष संवाद र घरदैलो अभियानलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै २०८२ भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका घटनाको वास्तविकता, लोकतान्त्रिक प्रक्रियामा परेको असर, निर्वाचनको वातावरण, पार्टीमाथि लगाइएका आरोप तथा आफ्नै कमजोरीको समीक्षा पनि गरिरहेको उहाँले बताउनुभयो ।

चाडपर्व नजिकिँदै गर्दा महँगी, बेरोजगारी, किसानले पाउने मूल्य, मजदुरको श्रम, साना उद्यमीमाथिको कर, विद्यार्थीको भविष्य, शिक्षकका समस्या, स्वास्थ्योपचार खर्च, महिला सुरक्षा, सुकुमवासीको आवास, सीमावर्ती नागरिकको सम्मान र प्रवासी नेपालीका समस्यालाई पार्टीको दैनिक राजनीतिक कार्यसूचीमा समेट्नुपर्नेमा पनि एमालेले जोड दिइएको छ । तीन दिन यता जारी एमालेको स्थायी कमिटीको बैठक आज पनि सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा बस्ने कार्यक्रम रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ