नेपाल लाइफको फिक्कल शाखामा निरौलाको नेतृत्व: बोनस घटाएकोमा अभिकर्ताको आपत्ति

नेपाल लाइफको फिक्कल शाखामा निरौलाको नेतृत्व: बोनस घटाएकोमा अभिकर्ताको आपत्ति

  • मङ्लबार, साउन १९, २०८३
  • मिर्मिरे अनलाइन

  • 2.2K
    SHARES

फिक्कल । नेपाल राष्ट्रिय बिमा अभिकर्ता संघ (नेपाल लाइफ) फिक्कल शाखाको भेला भव्यताका साथ सम्पन्न भएको छ। भेलाले भुपाल निरौलाको अध्यक्षतामा ११ सदस्यीय नयाँ शाखा कार्यसमिति सर्वसम्मत चयन गर्दै शपथग्रहण समेत गराएको छ।

गठित समितिको उपाध्यक्षमा अम्बिका प्रसाद आचार्य, सचिवमा बुद्धवीर लामा, सहसचिवमा शालिकराम पौडेल र कोषाध्यक्षमा गीतादेवी कट्टेल चयन हुनुभएको छ। कार्यक्रममा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सफल कार्यकालको बधाई तथा शुभकामना व्यक्त गरिएको थियो।

भेलामा उपस्थित अभिकर्ताहरूले पछिल्लो समय बिमा कम्पनीहरूले बिमितको बोनस दर घटाएर सेवाग्राहीको हितमाथि कुठाराघात गरेको भन्दै गम्भीर आपत्ति जनाएका छन्।

कार्यक्रमका प्रमुख अतिथि सीपी कडरियाले बिमा कम्पनीहरूले बिमितको बोनस घटाएकोप्रति कडा असन्तुष्टि व्यक्त गर्दै तत्काल बोनस पुरानै अवस्थामा फर्काउन र वृद्धि गर्न जोडदार माग गर्नुभयो। “अभिकर्ताहरूले विगतका आन्दोलनबाट प्राप्त गरेका उपलब्धिहरूलाई कम्पनीहरूले हाइज्याक गर्ने प्रयास गरिरहेका छन्,” प्रमुख अतिथि कडरियाले चेतावनी दिँदै भन्नुभयो, “यदि हाम्रा उपलब्धि खोस्ने प्रयास गरियो भने अभिकर्ताहरू पुनः आन्दोलनमा उत्रिएर आफ्ना अधिकार पुनर्स्थापित गर्न बाध्य हुनेछन्।”

यस्तै, राष्ट्रिय समितिका सचिव श्रीप्रसाद सिटौला, नेपाल लाइफतर्फका केन्द्रीय उपाध्यक्ष तेजमणि प्रसाईं र सचिव तेज तिवारीले अभिकर्ताको लामो संघर्ष र आन्दोलनबाट प्राप्त उपलब्धिहरूको रक्षाका लागि सबै अभिकर्ता तथा बिमितहरू एकजुट र सचेत हुनुपर्नेमा जोड दिनुभयो।

नयाँ नेतृत्व चयनसँगै बिमितको हकहित र अभिकर्ताहरूको पेशागत सुरक्षाका लागि सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धताका साथ भेला सम्पन्न भएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी