सामान्य बिरामीलाई आकस्मिक उपचार गराए स्वास्थ्य बिमाको भुक्तानी नहुने

सामान्य बिरामीलाई आकस्मिक उपचार गराए स्वास्थ्य बिमाको भुक्तानी नहुने

  • मङ्लबार, जेष्ठ १९, २०८३
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले सामान्य प्रकृतिका बिरामीलाई आकस्मिक (इमर्जेन्सी) कक्षमा राखेर उपचार गराएमा त्यसको भुक्तानी नगर्ने स्पष्ट पारेको छ। सोमबार निजी स्वास्थ्य सेवा प्रदायक संस्थाहरूलाई पत्राचार गर्दै बोर्डले सामान्य बिरामीलाई आकस्मिक अन्तर्गत उपचार सेवा प्रदान गरी दाबी पेस गरिए भुक्तानी नहुने जनाएको हो।

बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “त्यस्ता दाबीहरूको भुक्तानी नगरिने तथा प्रचलित कानुन बमोजिम भइजाने ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ।”

यसका साथै बोर्डले आम सेवाग्राहीहरूलाई पनि सूचनाको पूर्ण पालना गर्न र स्वास्थ्यकर्मीहरूमाथि अनावश्यक दबाब सिर्जना नगर्न आग्रह गरेको छ। तर, बिरामीको प्रकृति हेरेर वास्तवमै आकस्मिक उपचार आवश्यक देखिएको अवस्थामा भने भुक्तानी हुने बोर्डले स्पष्ट पारेको छ। त्यस्ता आकस्मिक बिरामीलाई उपचारको क्रममा भर्ना वा शल्यक्रिया आवश्यक परेमा सोही अनुसार उपचार गरी डिस्चार्ज गर्न सकिने ब्यहोरा समेत पत्रमा उल्लेख छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी