दक्षिण कोरियामा नेपाली चिया प्रवर्दन कार्यक्रम

दक्षिण कोरियामा नेपाली चिया प्रवर्दन कार्यक्रम

  • बिहिबार, बैशाख १७, २०८३
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

काठमाडौँ, १७ वैशाखः दक्षिण कोरियाको राजधानी सिओलस्थित नेपाली दूतावासले बुधबार नेपाली चियाको प्रवद्र्धन गर्ने उद्देश्यले ‘नेपाली टी टेस्टिङ कार्यक्रम’ आयोजना गरेको छ ।
त्यस अवसरमा दक्षिण कोरियाका लागि नेपाली राजदूत शिवमाया तुम्बाहाम्फेले नेपाली चियाको विविधता र गुणस्तरलाई कोरियाली बजारमा परिचित गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

सिओलस्थित दूतावासका अनुसार उहाँले कार्यक्रमका माध्यमबाट दुवै देशका चिया उद्यमीबीच अर्थपूर्ण संवादलाई प्रोत्साहन भएको बताउँदै चिया संस्कृति, परम्परा र सम्बन्धको प्रतीक भएको उल्लेख गर्नुभयो । हिमालका काखमा उत्पादित नेपाली चियाको विशिष्ट गुणस्तर रहेको र कोरियाली बजारमा यसको उच्च सम्भावना रहेको राजदूत तुम्बाहाम्फेले बताउनुभयो ।

कार्यक्रममा ३० भन्दा बढी कोरियाली चिया आयातकर्ता तथा छ जना नेपाली चिया उद्यमी सहभागी भएका थिए । कार्यक्रम राष्ट्रिय चिया दिवसको सन्दर्भमा आयोजना गरिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी